आगामी आर्थिक बर्षको बजेट आउँदै, दिउँसो ४ बजे सार्बजनिक गरिने
काठमाडौं, १५ जेठ । आज आर्थिक बर्ष २०८३/८४ का लागि बजेट सार्बजनिक गरिदैँछ ।
जेनजी बिद्रोह र बिध्वसं पछि भएको पहिलो निर्वाचनवाट निर्वाचित बालेन्द्र शाह नेतृत्वको सरकारले आज आज आर्थिक बर्ष २०८३/८४ लागि बजेट सार्बजनिक गर्न लागेको हो ।
संबिधानसभा निर्वाचन पछि पहिलो पटक सिंहदरवारस्थित संघीय संसद भवनवाट सो बजेट सार्बजनिक गर्न लागिएको हो । आजको बजेट बालेन्द्र शाह सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले सो बजेट सार्बजनिक गर्दैछन् ।
जसका लागि संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त बैठक बोलाइएको छ । संघीय संसदको संयुक्त बैठक दिउँसाे ४ः०० बजे बस्नेछ भने प्रतिनिधि सभाको अर्को बैठक आजै साँझ ५ः३० बजे बस्नेछ।


