‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने

काठमाडौं। युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो।

यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार हंङकङको हुङहम वाम्पोको सानविम सिनेमा हलमा ग्राण्ड प्रिमियर हुने जानकारी दिइएको थियो। ताप्लेजुङको निगुरादेन आसपासका रमणीय लोकेशनमा छायांकन गरिएको ‘जोरढुंगा’ अंग्रेजी सबटाईटल र स्थानीय संवादसहित लिम्बु पृष्ठभूमिमा निर्माण गरिएको हो।

वाई के फिल्मस्‌को ब्यानरमा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको सिनेमामा हङकङका रमेश लिम्बु, रोमन लावती र योगेश लामा निर्माता तथा अमेरिका निवासीका ह्यारी योञ्जन कार्यकरी निर्माता हुन्।

सिनेमामा प्रतीक थेबे लिम्बु, मौसम ईम्बुङ (फुलेन्देको बाउ), पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिदार्थ लिम्बु, बिष्णु राई, मदनकुमारी पोमु लिम्बूको मुख्य भुमिका रहेको छ। सुरेन्द्र रानाको गीत र संवाद लेखन रहेको सिनेमाको निर्माण नियन्त्रक अनिल थोप्रा हुन्।

अनिल कुमार महर्जनले सम्पादन गरेको सिनेमालाई मोहन कुमार झिल्लुले खिचेका हुन्। सिनेमामा दिनेश माङमुको प्रोडक्सन डिजाइन, निश्चल कुलुङको कला निर्देशन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, जानु आलेको मेकअप र महेश्वर सम्बाहाङफेको मुख्य सहायक निर्देशन छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।