नबिल बैंकले सुरु ग¥यो नेपाल–भारत डिजिटल रेमिट्यान्स सेवा

काठमाडौं, २५ जेठ । नेपाल र भारतबीच पैसा पठाउने तथा प्राप्त गर्ने प्रक्रिया अब थप सहज हुने भएको छ। नबिल बैंकले सीमापार डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।

नबिल बैंकका अनुसार नयाँ सेवामार्फत ग्राहकहरूले सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम पठाउन र प्राप्त गर्न सक्नेछन्।

यसअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफन्त तथा साथीभाइलाई सहज रूपमा रकम पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई पनि छिटो र सरल रूपमा पैसा पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो सेवा सीमापार भुक्तानीलाई थप छिटो, सुरक्षित र सहज बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।