नेपाल–भारतबीच डाइरेक्ट बैंक ट्रान्सफर सेवा सुरु, अब सहजै पैसा पठाउन र प्राप्त गर्न सकिने

काठमाडौं, २५ जेठ । नेपाल र भारतबीचको डिजिटल भुक्तानी सहकार्यले नयाँ आयाम पाएको छ। दुवै देशका बैंकिङ प्रणालीलाई जोड्ने डाइरेक्ट ट्रान्सफर सेवाको औपचारिक शुभारम्भ भएसँगै सीमापार रकम आदानप्रदान थप सहज, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा नेपाल–भारत डाइरेक्ट ट्रान्सफर सेवाको शुभारम्भ गरेका हुन्।

सेवा सञ्चालनमा आएपछि अब नेपालका बैंकबाट भारत तथा भारतका बैंकबाट नेपालमा प्रत्यक्ष रूपमा रकम पठाउन र प्राप्त गर्न सकिनेछ। प्रारम्भिक चरणमा भने यो सुविधा नेपालमा कार्यरत वा अस्थायी बसोबास गरिरहेका भारतीय नागरिकका लागि उपलब्ध गराइएको छ।

यो सेवासँगै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) बीच अन्तरआबद्धता स्थापित भएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।