धनकुटाको छथर जोरपाटीमा स्थित हात्तिखर्क–बुढासुब्बा सडकखण्डमा कालोपत्रेको लागि आवागमन बन्द

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ अन्तर्गत पर्ने हात्तिखर्क–बुढासुब्बा सडकखण्डमा कालोपत्रे (पिच) निर्माण कार्य भइरहेकाले उक्त सडकखण्डमा आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै पिच निर्माण कार्यलाई सहज र प्रभावकारी बनाउन सडकमा सवारीसाधन सञ्चालन तथा सर्वसाधारणको आवतजावत रोकिएको जनाएको हो।

सूचनाअनुसार निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएसम्मका लागि चालक, यात्रु तथा स्थानीयवासीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। निर्माण कार्यका क्रममा यात्रु तथा स्थानीयलाई पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना समेत गरेको छ।

छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाद्वारा हस्ताक्षरित सूचनामा निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला पक्षको सहयोग र समझदारीको अपेक्षा गरिएको उल्लेख छ।

गाउँपालिकाले सडक निर्माण सम्पन्न भएपछि आवागमन पुनः नियमित गरिने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।