बिश्व रक्तदाता दिबसको अवसर पारेर NBDA UAE ले वेबिनारको आयोजना गर्ने”

सचिन्द्र श्रेष्ठ,युएइ । जुन १४, विश्व रक्तदाता दिवस २०२६ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) तथा यसका भगिनी संस्थाहरूले आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत, NBDA UAE को आयोजनामा “Myths & Facts About Blood Donation” विषयक विशेष वेबिनार आगामी जुन १३ तारिख, साँझ ७:४५ बजे (नेपाली समयानुसार) आयोजना गर्दै छ।

विश्व रक्तदाता दिबसको मौका पारेर रक्तदानको फाइदा ,यसको महत्व र प्रेरणा दिने उदेश्यले आगामी शनिवार अनलाईन मार्फत जीवन उपयोगी परामर्श गोष्ठी सञ्चालन गर्दैछ ।

शनिवार गर्ने गोष्ठिमा रक्तदान सम्बन्धी भ्रम र यथार्थबारे विज्ञहरू सँग प्रत्यक्ष छलफल गर्दै ज्ञान र अनुभव साटासाट गर्दै यस अभियानमा जोडिन आग्रह गरेको छ।

रक्तदानका बारेमा समाजमा रहेका विभिन्न भ्रम, डर तथा गलत धारणालाई चिर्दै वैज्ञानिक तथ्य र अनुभव लिनका कार्यक्रममा विशिष्ट अतिथि तथा विज्ञ वक्ताहरूको सहभागितामा हुने यस कार्यक्रमले रक्तदानप्रति सकारात्मक सोच विकास गर्न, आत्मविश्वास बढाउन तथा थप व्यक्तिहरूलाई रक्तदान अभियानमा जोडिन प्रेरणा प्रदान गर्ने लक्ष्य लिएको छ।

विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ज्ञानमूलक कार्यक्रममा सहभागी भई रक्तदान सम्बन्धी सही जानकारी प्राप्त गर्न अनुरोध गर्दै कार्यक्रममा प्रमुख अतिथी INBDA का अध्यक्ष राहुल रेग्मी ज्यु ,साथै बिज्ञ तथा वक्ताहरु INBDA का निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक अजय सत्याल ज्यु , INBDA का उपाध्यक्ष डा.मनीता राजकर्णिकार, डा. मधु पाण्डे तथा दुबई को प्रतिष्ठित हस्पिटलमा कार्यरत रजिस्टार नर्स एन्जिला दावा शेर्पाको उपस्थिति रहने छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।