‘मेरो कित्ता’बाटै नापी सेवा शुल्क तिर्नुपर्ने, राष्ट्र बैंकले संशोधन ग¥यो एकीकृत निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि लागू रहेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै नापी कार्यालयसँग सम्बन्धित सेवाको शुल्क अनलाइनमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले ‘मेरो कित्ता’ प्रणालीमार्फत संस्थागत प्रयोगकर्ताका रूपमा आबद्ध भएर नापी सेवाको राजस्व बुझाउनुपर्नेछ।

संशोधित निर्देशनले जग्गाको नक्सा, फिल्डबुक, प्लट रजिस्टर प्रिन्टलगायत नापीसम्बन्धी विभिन्न सेवा लिन तिर्नुपर्ने शुल्क डिजिटल माध्यमबाट मात्रै भुक्तानी गर्ने बाटो खुला गरेको छ। राष्ट्र बैंकले यस कदमले भूमि प्रशासन क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सहज बनाउने विश्वास लिएको छ।

यससँगै केन्द्रीय बैंकले अन्तरबैंक सापटी तथा लगानीसम्बन्धी व्यवस्थामा पनि केही महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाहरूबीच हुने सापटीलाई नियमित कर्जाको विकल्पका रूपमा प्रयोग गर्न पाइने छैन। त्यस्ता कारोबारलाई अन्तरबैंक सापटीकै रूपमा वर्गीकरण गरिनेछ र यसको अधिकतम अवधि सात दिन मात्र रहनेछ।

यद्यपि, अन्तर्राष्ट्रिय विकास साझेदार वा दातृ निकायको सहयोगमा सञ्चालन हुने नेपाल सरकारका कार्यक्रम कार्यान्वयनका लागि इजाजतपत्र प्राप्त संस्थाहरूबीच हुने कर्जा कारोबारलाई भने अन्तरबैंक सापटीको परिभाषाभित्र समावेश गरिने छैन।

राष्ट्र बैंकले यस्ता कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण विवरण बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ। संशोधित निर्देशनले वित्तीय कारोबारको पारदर्शिता बढाउनुका साथै नियमन र अनुगमनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖