धनकुटाको मूलघाटमा बस दुर्घटना, ६ यात्रु घाइते
धनकुटा,२९ जेठ । धनकुटाको मूलघाट नजिक आज बस दुर्घटना भएको छ ।
दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को१ख ७७८८ नम्बरको यात्रुवाहक बस मूलघाटमाथिको घुम्तीमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।


