अपडेट : धनकुटाको मूलघाटमा बस दुर्घटना, ११ जना घाइते

धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अचानक अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षक हरीकुमार राईको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १३ जनाको थप टोली घटनास्थलमा खटिएको थियो।

बसमा सवार करिब १५ यात्रुमध्ये ११ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थातर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। घटनास्थल प्रहरी चौकी मूलघाटबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖