कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षल भोलि आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै इतर समूहले भोलि बिहान ११ बजे विराटनगरमा आयोजना हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार उक्त भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डा शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुनेछन् । भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए उनले भने, ‘हामीले कुनै व्यक्ति वा गुटको स्वार्थका लागि यो भेला गरेका होइनौँ । कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध बनाउन हामी दबाब समूहका रूपमा प्रस्तुत भएका हौँ । नेतृत्वले अब पनि विपनामा आएर पार्टीको समस्या समाधान गर्ने आँट देखाउनुपर्छ ।’

पत्रकार सम्मेलनमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापाको नेतृत्वले महाधिवेशनको मिति पटक–पटक सारेर कार्यकर्तामा अन्योल सिर्जना गरेको बताए ।

कार्कीले अहिलेको सदस्यता अध्यावधिक प्रक्रिया प्राविधिक रूपमा गलत भएको दाबी गर्दै यसले पार्टीको छविमा धक्का पुग्ने बताए । ‘अहिलेको अध्यावधिक प्रक्रियाले हिजो कांग्रेस विरुद्ध बागी उमेदवार बनेका वा अन्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरूलाई समेत सजिलै पार्टीभित्र हुल्ने काम गरेको छ । यस्तो प्रक्रियाले सच्चा र पुराना कार्यकर्ताको अपमान हुन्छ’ उनले भने । १५ औ महाधिबेशन भाड्न खोजेको उनले आरोप लगाए ।

पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर समेत रहेका मोरङका जिल्ला उपसभापति नागेश कोइराला, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाई लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । उनीहरुले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वलाई जवाफदेही बनाउन भोलिको भेला कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖