प्रधानमन्त्रीको ‘बिबादस्पद अभिब्यक्ति’बारेमा सदनमा मतदान गराउन कांग्रेसको माग
काठमाडौं, २ असार । प्रधानमन्त्री बालेन्द्र शाहको ‘सिमा सबन्धी बिबादस्पद अभिब्यक्ति’का बारेमा सदनमा गोप्य मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रधानमन्त्रीले दिनु पर्ने जवाफ अरू मन्त्रीले दिनु गलत भएको तर्क नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले गोप्य मतदानको माग गरेकी हुन् ।
प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सिमा मिचेको रहेछ’ भन्ने अभिब्यक्ति पछि सुस्तामा भारतीय सुरक्षाकर्मीको परिचालन र नेपाली भुमीमा दार्चुलामा बिना अनुमति भारतीय सेनाको हेलिकोप्टर घुमेको प्रसङ्ग जोडदै उनले गोप्य मतदान गर्न माग गरेकी छिन् ।
‘प्रधानमन्त्रीको अभिब्यक्तिका बारेमा सदनभित्र मतदान गरियोस, उहाँको अभिब्यक्तिले राष्ट्रिय अखण्डताको पक्षमा छ भन्ने लाग्छ भने सत्तारूढ दलका सांसदले मतदान गरिदिउन्, होइन भने ठिक बेठिक के हो जान्न, मतदान गरौं ।’
पहिलो पटक कांग्रेसले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिबारे छिनोफानो गर्नको लागि नयाँ प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सदनमा निरन्तर विरोध हुँदै आएको छ ।


