रास्वपा महाधिवेशन : होटल स्टारबाट प्रदर्शनी केन्द्रमा सर्‍यो कार्यक्रम

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको रत्ननगर नगरपालिकास्थित होटल स्टारमा गर्ने भनिएको महाधिवेशन अब भरतपुरमा हुने भएको छ।

पार्टीका अनुसार महाधिवेशन चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ। यही आउँदो असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको तयारी तीव्र पारिएको छ।

रास्वपा केन्द्रीय सदस्य राजन गौतमका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनाहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलहरूमा आवासको व्यवस्था मिलाइएको छ।

महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीले तदारुकताका साथ काम गरिरहेको छ। यसका लागि पार्टीको स्थानीय, जिल्ला र नगर समिति, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा विभिन्न उपसमितिहरू गठन गरेर तयारी अघि बढाइएको केन्द्रीय सदस्य गौतमले जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖