रास्वपाको कर्णाली प्रदेश सभापतिमा मदन खड्का पुनःनिर्वाचित
कर्णाली, असार ३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का पुनःनिर्वाचित भएका छन्।
पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट खड्काले प्रतिस्पर्धीहरू नन्दकिशोर बस्नेत र स्नेहा उपाध्याय लाई पराजित गर्दै नेतृत्वमा निरन्तरता पाएका हुन्।
निर्वाचन समितिका अनुसार कुल खसेको ४०० मतमध्ये खड्काले २८८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी उपाध्यायले ६३ मत र बस्नेतले ३५ मत प्राप्त गरेका थिए।
पुनःनिर्वाचित खड्का पार्टी स्थापनाकालदेखि नै संगठन विस्तार तथा सुदृढीकरणमा सक्रिय नेताका रूपमा चिनिन्छन्। यस्तै, बस्नेत गत फागुनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रास्वपामा प्रवेश गरेका थिए।
बस्नेत गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवारसमेत रहेका थिए।


