जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा विपद् तथा आपत्कालीन घटनाको जानकारी दिन आग्रह
धनकुटा, असार ४ । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाभित्र हुने कुनै पनि प्रकारका आपत्कालीन तथा विपद् सम्बन्धी घटनाको जानकारी तत्काल उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै प्राकृतिक प्रकोप, दुर्घटना तथा अन्य आपत्कालीन घटना घटेमा वा त्यस्ता घटना हुने सम्भावना देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको हो।
सूचनाअनुसार जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सेवा २४सै घण्टा सञ्चालनमा रहनेछ। घटनाको जानकारी दिन केन्द्रको सम्पर्क नम्बर ०२६–५२३६३१ तथा निःशुल्क हटलाइन नम्बर ११४९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।



