धनकुटाको पाख्रीबासमा एक पुरुष मृत अवस्थामा फेला
धनकुटा । धनकुटाको पाख्रीबासमा एक पुरुष मृत अवस्थामा फेला परेका छम् ।
कानेपोखरी गाउँपालिका वडा नं. ६ रमाइलोका अन्दाजी ४० वर्षीय राजकुमार योञ्जन पाख्रीबास नगरपालिका वडा नं.९ लिसुम्बुस्थित अलैंची बारी नजिकको खोल्सामा मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयवासी बंगुरका लागि चारा काट्न जाने क्रममा खोल्सामा शव देखेपछि घटनाबारे हिले प्रहरी चौकीलाई जानकारी गराएका थिए।
त्यसपछि हिले प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक सर्जिमिन मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको पाख्रीबास नगरपालिका वडा नं. ९ की वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनुभयो।
स्थानीयका अनुसार शवको अवस्था हेर्दा मृत्यु भएको करिब चार दिन जति भएको अनुमान गरिएको छ।
मृतकका आफन्तका अनुसार राजकुमार योञ्जन केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


