बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

काठमाडौं, ५ असार । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार २०८३ बितरण गरेको छ ।

 

शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित बिशेष समारोहमार्फत सो पुरस्कार बितरण गरेका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले बिजेता सबैलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेका छन् । हरिहर शर्मा, अरुण गुप्तो, करुण थापा, मिलन चाम्स र सरिता गिरी रहेको निर्णायक मण्डलले छनौट गरेका चलचित्र, कलाकार र अन्यलाई पुरस्कार र सम्मान पत्र प्रदान गरिएको हो । 

जसअनुसार पुरस्कार र सम्मान पाउनेको सुची यस्तो छः

उत्कृष्ट चलचित्रः उनको स्वीटर  – ७५ हजार रूपैयाँ नगदसहित
उत्कृष्ट निर्देशकः नबिन चौहान (उनको स्वीटर) – २५ हजार हजार नगदसहित
उत्कृष्ट अभिनेताः नीर शाह (परानं) – २५ हजार नगदसहित
उत्कृष्ट अभिनेत्रीः मिरुना मगर (उनको स्वीटर) – २५हजार नगदसहित
उत्कृष्ट लेखकः दिपक प्रसाद आचार्य र यम थापा (परान) –  २५हजार नगदसहित
उत्कृष्ट छायाङ्कनः बाबु श्रेष्ठ (कोशेढुंगा) – २५हजार नगदसहित
उत्कृष्ट सम्पादनः नहकुल खड्का (कोशेढुंगां) – २५हजार नगदसहित
उत्कृष्ट आदिवासी चलचित्रः इन्दिरा धिमे मैचा (नेपाल भाषा) – २५हजार नगदसहित
जुरी प्रोत्साहनः आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी) – २५हजार नगदसहित
बिशेष चलचित्र पुरस्कारः नाक्छोङ (ज्योतिराज राई) –  २५हजार नगदसहित

सम्मान

दीर्घ साधना सम्मानः मदनकृष्ण श्रेष्ठ, बरिस्ठ अभिनेता (तीन लाख ७५ हजार नगदसहित)

स्वर्गीय दिनेश सिटौला – पत्रकार  (५० हजार नगदसहित)

विष्णु गोपाल श्रेष्ठ – चलचित्र प्रदर्शक
मेनुका प्रधान – अभिनेत्री
डा. सिंह गुरुङ – निर्माता÷प्रदर्शक
प्रकाश सुवेदी – पत्रकार
अभिनाश विक्रम शाह – निर्देशक
रोहित रुम्बा – अभिनेता
एञ्जिला सुब्बा – अभिनेत्री
लक्ष्मी बर्देवा – अभिनेत्री
बिनोद शेरचन – निर्माता
शङ्कर पाण्डे – प्रोडक्सन म्यानेजर
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।