भोलि देखि सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा ५ वटा प्रतिवेदन पेस गरिने भएको छ ।
 
भोली देखी सुरू चितवनमा सुरू हुने प्रथम महाधिवेसनमा सभापति रवि लामिछानेसहितका ५ वटा प्रतिवेदन पेश हुन लागेको हो ।
 
रास्वपा महामन्त्री भूपदेव शाहका अनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन भने सांगठनिक प्रतिवेदन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले प्रस्तुत गर्नेछन् ।

उता, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोग भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोग प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यपालिका रहेको महामन्त्री शाहले जानकारी दिए ।

उनका अनुसार असार ७–९ मा चितवनमा हुने पहिलो महाधिवेशनमा २५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ भने जसमध्ये करिब २ सय जना विभिन्न देशमा रहेका प्रतिनिधि सहभागी हुदैँछन् ।

उनका अनुसार सभापति लामिछानेले औपचारिक रूपमा उदघाटन गर्ने महाधिवेसनका लागि कम्तिमा संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने   राजनीतिक दललाई अतिथिको रूपमा महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖