बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

विराटनगर, असार २२ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले छलफलको पहिलो सत्रमा चालु आर्थिक वर्षभरि प्राधिकरणको कोशी प्रदेश कार्यालयले विभिन्न सरोकारवालासँग सञ्चालन गरेका अन्तरक्रिया कार्यक्रमहरूमा उठेका प्रश्न, जिज्ञासा तथा जनगुनासोहरूको समीक्षा गरिएको थियो । बीमा सेवाप्रति सर्वसाधारणमा देखिएका अन्योल तथा बजारमा रहेका व्यावहारिक समस्याको समाधानका लागि बीमा कम्पनीहरूले खेल्नुपर्ने भूमिकाबारे सहभागीहरूले सुझाव दिएका थिए ।

छलफलमा कोशी प्रदेशमा कार्यरत बीमा कम्पनीहरूले चालु आर्थिक वर्षमा गरेका गतिविधि, प्राप्त उपलब्धि र भोगेका चुनौतीहरूको पनि समीक्षा गरिएको थियो। सहभागीहरूले बीमाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, बजारलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा दाबी भुक्तानी प्रक्रियालाई थप प्रभावकारी र छिटोछरितो बनाउने विषयलाई आगामी आर्थिक वर्षको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बीमा क्षेत्रप्रति नागरिकको विश्वास बढाउन नियामक निकाय र बीमा कम्पनीहरूबीच प्रभावकारी समन्वय, जनचेतना अभिवृद्धि तथा सेवामुखी कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।