‘नेशनल गट ट्यालेन्ट–सिजन ८’ को देशव्यापी अडिसन सुरु, धनकुटामा असोज ३ गते

धनकुटा । गायन तथा नृत्य क्षेत्रमा रहेका प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यले ‘नेशनल गट ट्यालेन्ट–सिजन ८’ को देशव्यापी अडिसन सुरु भएको छ। प्रतियोगितामा नेपालभरका इच्छुक प्रतिभाहरूले जुनियर र सिनियर दुवै समूहमा गायन तथा नृत्य विधामा सहभागिता जनाउन सक्नेछन्।

आयोजकले सार्वजनिक गरेको तालिकाअनुसार अडिसन कार्यक्रम निम्न स्थान र मितिमा सञ्चालन हुनेछः

* श्रावण १६ – खोटाङ (Power Move Dance Studio)
* श्रावण १७ – भोजपुर (Able Dance Studio)
* श्रावण २३ – काठमाडौं (Three Brothers Media House)
* श्रावण २३–२४ – संखुवासभा (Sejal Dance Center)
* श्रावण २९ – ताप्लेजुङ (New Creation Dance Center)
* श्रावण ३० – फिदिम (Fusion Dance Academy)
* श्रावण ३१ – मंगलबारे, इलाम (New Little Champ Dance Center)
* भदौ ३ – इलाम (Unique Dance Center)
* भदौ ४ – फिक्कल (Express Dance Studio)
* भदौ ६ – बिर्तामोड (Gurukul & Highlights Dance Studio)
* भदौ ७ – दमक (Swagat Dance Center)
* भदौ ८ – खोरसाने (Oxygen Fitness Nepal)
* भदौ २० – इटहरी (Laxmi Dance Studio)
* भदौ २१ – खनार (Versatile Dance Center)
* भदौ २७ – तेह्रथुम (The Rising Dance Studio)
* भदौ २७ – गाईघाट (Sejal Dance Center)
* भदौ २८ – बसन्तपुर (SKD Dance Studio)
* असोज ३ – धनकुटा (Teenz Crew Dance Center)

प्रतियोगितामा १३ वर्षमुनिका प्रतियोगीले जुनियर तथा १४ वर्ष वा सोभन्दा माथिका प्रतियोगीले सिनियर समूहमा गायन वा नृत्य विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्।

आयोजकका अनुसार प्रत्येक विधाका प्रथम विजेताले ५ लाख रुपैयाँ, द्वितीयले १ लाख रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै अन्य आकर्षक पुरस्कार तथा अवसरहरू पनि प्रदान गरिनेछ।

प्रतियोगिताको आयोजना Recreation Multimedia & Entertainment Pvt. Ltd. र Teenz Crew Dance Center ले संयुक्त रूपमा गरेका हुन्।

थप जानकारी तथा अडिसन दर्ताका लागि ९८२९१७२०५६ र ९८१५३६५९२२ नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।