बिराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ

विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ भित्रिएका छन् । नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने हस्पिटलले जनाएको छ ।

शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका तथा उपचार पश्चातको बिरामीहरू सामान्यतयाः शारीरिक दुर्बलता, गतिविधिको सीमा र पुनः आत्मविश्वास खोजेर अलमलिने हुन्छन् । नेपालमा यही समस्याको समाधान गर्ने कुनै विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध थिएन । अस्मिता श्रेष्ठको आगमन यो महत्त्वपूर्ण खाडल भरिने विश्वास हस्पिटलले लिएको छ । अंकोलोजी फिजियोथेरापीमा अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्नु भएको अस्मिता श्रेष्ठ बीपीटी र एमपीटी—अंकोलोजी फिजियोथेरापीको विशेषज्ञता नेपालमा अरु कसैले पनि नपाएको हस्पिटलको दाबी छ।

श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलबाट माष्टर्स अफ फिजियोथेरापी (एमपीटी—अंकोलोजी थेरापी) गरेकी थिइन् । स्नातक अध्ययनपश्चातको पाँच वर्षमा उनले विभिन्न किसिमका बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गरेको र तत्पश्चात क्यान्सर बिरामीहरूमा रुची बढेपद्धि भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्चबाट एमपीटी—अंकोलोजी फिजियोथेरापीको अध्ययन गरेकी हुन् ।

उनले क्यान्सर बिरामीहरूलाई सर्जरी र किमोथेरापी पश्चातको शारीरिक पुनःनिर्माणमा वैज्ञानिक र प्रभावकारी फिजियोथेरापी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । ‘कुहिनो, घुँडा, काँख र अन्य अंगको गतिविधि सुधार, शारीरिक शक्ति वृद्धि र दैनिक कामकाज सामान्य गर्न उहाँले व्यक्तिगत र समूह आधारित थेरापी सेवा उपलब्ध गराउनु हुनेछ,’ अस्पतालले भनेको छ, ‘क्यान्सर रोगका बिरामीको उपचार यात्रा पूर्ण भइसकेपछि नयाँ जीवन सुरु हुन्छ ।

शारीरिक पुनःर्स्थापना, कार्यक्षमतामा सुधार र आत्मविश्वास पुनः लाभ— यो सबै क्यान्सर सर्वाइभरका लागि महत्त्वपूर्ण हुन्छ ।’ क्यान्सरका बिरामीहरुले अंकोलोजी फिजियोथेरापी विशेषज्ञ श्रेष्ठले आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म बिरामीहरूलाई परामर्श तथा उपचार सेवा प्रदान गर्नेछन् ।

हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । हाल विभागले दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको छ । विभागमा अर्थो, स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ टोली काम गर्दै आएको छ । हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, लेजर थेरापी, गेट ट्रेनर, मिरर थेरापी र मल्टी–स्टेशन जिम लगायत आधुनिक उपकरणहरू उपलब्ध रहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।