घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी पुनः हिमालयन क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीले धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन तथा सेयरधनीसँग सम्बन्धित सेवा निरन्तर सञ्चालन गर्न क्यापिटलसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेको हो।

कम्पनी र हिमालयन क्यापिटलबीच असार ३० गते सेवा सम्झौता नवीकरण गर्ने सहमति भएको छ। नयाँ सम्झौताअनुसार आगामी एक वर्षसम्म कम्पनीको सेयर रजिष्ट्रारका रूपमा हिमालयन क्यापिटलले नै सेवा प्रदान गर्नेछ।

सम्झौतापछि कम्पनीका सेयरधनीको लगत अद्यावधिक गर्ने, धितोपत्र कारोबारसम्बन्धी अभिलेख सुरक्षित राख्ने, सेयर नामसारी, दाखिल–खारेज, रोक्का तथा फुकुवा गर्ने लगायतका सम्पूर्ण सेयर रजिष्ट्रारसम्बन्धी कार्य हिमालयन क्यापिटलले सञ्चालन गर्नेछ।

कम्पनीहरूले सेयरधनीलाई प्रभावकारी सेवा उपलब्ध गराउन सेयर रजिष्ट्रार नियुक्त गर्ने प्रचलन रहेको छ। यसमार्फत सेयरसम्बन्धी प्रशासनिक कार्य व्यवस्थित हुने, अभिलेख अद्यावधिक रहने तथा लगानीकर्ताले आवश्यक सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।