सक्कली बिल लिँदा दैनिक १.३३ लाख र बम्परमा १० लाख जित्ने अवसर

किाठमाडौं, ०५ साउन ।.सरकारले उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्न नगद उपहारसहितको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गरेको छ। अर्थ मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै बिल लिने उपभोक्तामध्ये दैनिक र पाक्षिक रूपमा गोलाप्रथामार्फत विजेता छनोट गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको हो।

कार्यक्रमअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्नेछन्। डिजिटल माध्यमबाट गरिएको भुक्तानी स्वतः प्रणालीमा समावेश हुनेछ भने नगद कारोबार गर्नेले बिल नम्बर, विक्रेताको प्यान, बिल जारी मिति, खरिद रकम, भुक्तानीको प्रकार, आफ्नो नाम र मोबाइल नम्बर विभागको प्रणालीमा दर्ता गर्नुपर्नेछ।

आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गर्नेछ। दैनिक एक जना विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक पाक्षिक अवधिको बम्पर विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ। उपहार रकमबाट कानुनअनुसार २५ प्रतिशत आकस्मिक लाभकर कट्टा हुनेछ।

तर व्यवसायिक प्रयोजनका खरिद, सरकारी निकायको नाममा जारी भएका बिल, विद्युत, टेलिफोन, इन्टरनेट, हवाई टिकट, ढुवानी तथा प्यानबिनाका विक्रेताबाट जारी बिल भने यस योजनामा समावेश हुने छैनन्।

विजेतालाई मोबाइल र इमेलमार्फत जानकारी गराइनेछ। उपहार दाबी गर्न १५ दिनभित्र सक्कल बिल, परिचयपत्र, प्यान र बैंक खाताको विवरणसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। सरकारले यस योजनाले सक्कली बिल लिने संस्कृतिलाई प्रवद्र्धन गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।