तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकपको तयारी तिब्र

माेरङ, ६  साउन ।  ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ को तयारी तिब्र पारिएको छ ।्र

पथरीशनिश्चरे नगरपालिकोको वार्षिक बजेटमा गोल्डकप समेटिए पछि गोल्डकपको तयारी तिब्र पारिएको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए ।

 

 असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने गोल्डकप संन्चालनको लागी अहिले मैदानको अवस्था सुधारिदै गरिएको छ । मैदान प्रबेशमै रोक लगाइएको छ । ‘मैदानमा घास उमारिने र तिनै घासमा पानी लगाउने देखी स्याहार गरिदै आएको अध्यक्ष विकले जानकारी दिए । 

 

गत वर्ष गोल्डकप सन्चालन भएपछि मैदानमा गाई बस्तु चराउने देखी विभिन्न खेल खेल्दा मैदानको अवस्था विग्रीएको थियो श्रमदान गरेर नै मैदानको अवस्था सुधारीदै छ’ विकले भने‘यस पछि अन्य तयारी तिब्र बनाइने छ ।’ 

 

पथरीशनिश्चरे नगरपालिकाले यस आर्थिक वर्षको नगरसभाबाट १० लाख रकम छुट्याएपछि प्रतियोगीता आयोजना गर्न थप सहज भएको छ । आयोजकले नगरपालिका वाट रकम सुनिश्चिताता भएपछि थप प्रायोजक र अन्य सहयोगीको खोजी समेत थालेको छ । गत २ संस्करणका प्रायोजक र सहयोगी संग निरन्तर सम्वाद भइरहेको अध्यक्ष विकले जानकारी दिए । गोल्डकप सन्चालनका लागी करिव ८० लाख लाग्ने अनुमान आयोजकको रहेको छ । 

 

तेस्रो संस्करणको गोल्डकपको बिजेताले रु ६ लाख प्राप्त गर्ने छ ।  गत बर्षको भन्दा उपाधी रकम वृद्धि गरिएको छ । सहलेस फुटवल क्लब दोअह्रो संस्करणको गोल्डकपको बिजेता टोली हो ।  गोल्डकपमा २ बिदेशी र ए डिभिजन क्लब  सहित १० टोली प्रतिस्पर्धा गर्ने छ्न ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।