जनकपुरधाममा पनि कर्फ्यु आदेश जारी
जनकपुरधाम, १४ साउन । जनकपुरधाममा कर्फ्यु आदेश जारी गरिएको छ ।
सुनसरी कप्तानगञ्जको घटनाको बिरोधमा आज बिहानै देखी सुरू भएको प्रदर्शन उग्र बने पछि जनकपुरमा दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका निम्ति कर्फ्यु लगाइएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन ।
कर्फ्यु आदेशसँगै उल्लिखित क्षेत्रमा भेला हुन, जुलुस, प्रदर्शन तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।
यसअघि सिरहाको गोलबजारमा पनि कर्फ्यु लगाइएको छ । कप्तानगञ्ज घटनामा दुइ जनाको मृत्यु भए पछि यतिखेर तराइ मधेसको भुगोल पुरै अशान्त भएको छ ।


