धार्मिक र सामाजिक सदभाव कायम गर्न महानिरीक्षक कार्कीको अपिल

काठमाडौं, १५ साउन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक र सामाजिक सदभाव कायम गर्न अपिल गरेका छन ।

सुनसरीलगायत पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताउँदै सदभाव कायम गर्न अपिल गरेको हो ।

 

महानिरिक्षक कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कार्य कसैको पनि हितमा नहुने बताउँदै यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने जनाएका छन ।

संवेदनशील अवस्थामा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्नुपर्नेमा उनले जोड दिदैँ महानिरिक्षक कार्कीले एक अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

 

‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छ तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले भनेका छन्।

 

उनले यस संवेदनशील घडीमा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।