सेबोनले सार्वजनिक गर्यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

काठमाडौं, १५ साउन ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई अघि बढाउँदै मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ (क्ीद्य) तथा सर्ट सेलिङसम्बन्धी कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ। यी व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत तथा प्राविधिक पक्षबारे सुझाव संकलन गर्ने उद्देश्यले बोर्डले पहिलोपटक अवधारणापत्र सार्वजनिक गरेको हो।

सेबोनका अनुसार प्रस्तावित व्यवस्थाले नेपालको पुँजीबजारलाई थप परिपक्व, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने अपेक्षा गरिएको छ। यसका लागि आवश्यक कानुनी संशोधन, बजार पूर्वाधार, जोखिम व्यवस्थापन प्रणाली तथा कारोबार प्रक्रियासम्बन्धी विषयलाई अवधारणापत्रमा समेटिएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरण चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सोही घोषणालाई कार्यान्वयन गर्ने क्रममा सेबोनले आफ्नो वार्षिक पुँजीबजार नीति तथा कार्यक्रममा पनि मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत र प्रक्रियागत संरचना विकास गर्ने योजना समावेश गरेको छ।

बोर्डले कन्सल्टेसन पेपरमार्फत सरोकारवाला निकाय तथा विज्ञबाट सुझाव संकलन गरी आवश्यक परिमार्जनपछि यी उपकरण कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖