ब्रोड पिक हिमपहिरोमा परि पुरबहादुर गुरुङको मृत्यु

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेड (Elite Exped) का वरिष्ठ माउन्टेन गाइड पुरबहादुर ‘युक्ता’ गुरुङको मृत्यु भएको छ।

उद्धार टोलीले शुक्रबार फेला पारेका चार शवमध्ये पुरबहादुर गुरुङको शवको पनि पहिचान भएको हो। उनी १० पटक सगरमाथा र २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण गरिसकेका अनुभवी पर्वतारोही थिए।

पुरबहादुर गुरुङ विश्वकीर्तिमानी आरोही निर्मल पुर्जाका भरपर्दा वरिष्ठ गाइड तथा टोलीका मुख्य सहयोगीका रूपमा परिचित थिए।

यसैबीच, टोलीका नेता निर्मल पुर्जा भने अझै सम्पर्कविहीन छन्। उनको गार्मिन जीपीएस ट्र्याकिङ उपकरणबाट केही समयअघि लोकेसन संकेत प्राप्त भएको र डिभाइसमा केही गतिविधि देखिएकाले उद्धार टोलीले हेलिकप्टरसहित खोजी अभियानलाई तीव्र बनाएको जनाएको छ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली प्रभावित भएको थियो। बेपत्ता अन्य आरोहीहरूको खोजी तथा उद्धार कार्य पनि जारी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।