यूएईमा बिश्व आदिबासी जनजाति दिवसको रौनक,जातीय झांकीले प्रस्तुत गर्यो नेपाली

सचिन्द्र श्रेष्ठ,दुबई । “प्राप्त अधिकार रक्षा आजको आवश्यकता! पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!!” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईको आयोजनामा ३२औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस दुबईमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ यूएई तथा आबद्ध विभिन्न १२ जातीय संघसंस्थाहरूको साथै आदिवासी जनजाति युवा महासंघ शाखा युएईको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा विभिन्न जातीय समुदायका खानपान, भेषभूषा, भाषा, संस्कृति तथा मौलिक परम्पराहरूको प्रदर्शन गरिएको थियो। सांस्कृतिक झाँकी, मौलिक नाचगान तथा शुभकामना आदानप्रदानले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। नेफिन युएईका अध्यक्ष भागिरथी कुमार भगतको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास, दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

नेफिन युएईका उपाध्यक्ष बुद्ध बहादुर तामाङज्यु को संयोजकत्वमा भएको उक्त कार्यक्रममा औपचारिक कार्यक्रम संचालक महासचिव मनिषा सुब्बा र सचिव देव भुजेलले संयुक्त रुपमा गरेका थिए।

त्यस्तै अनौपचारिक कार्यक्रम सन्चालक नेफिन युएईको कला संस्कृति सचिव प्रदिप पुन मगर , प्रवक्ता काजल तामाङ र महिला प्रमुख सबिना चाम्लिङ राईले सन्चालन गरेक‍ा थिए।

कार्यक्रमको मुख्य आकर्षण विभिन्न जातीय सांस्कृतिक झाँकी, परम्परागत खानाका परिकार, जातीय भाषा तथा भेषभूषाका स्टल र पौराणिक तथा मौलिक वस्तुहरूको प्रदर्शनी रहेको थियो। प्रमुख अतिथि कुञ्जन शाहलगायत कार्यक्रमका अध्यक्ष तथा अतिथिहरूले विभिन्न जातीय स्टलहरूको अवलोकन गर्दै त्यहाँ राखिएका मौलिक सामग्री तथा खानाका परिकारबारे जानकारी लिएका थिए। सहभागी दर्शकहरूले पनि विभिन्न समुदायका मौलिक परिकारको स्वाद लिँदै सांस्कृतिक प्रस्तुतिको आनन्द लिएका थिए।

एकातिर जातीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो भने अर्कोतर्फ विभिन्न समुदायका मौलिक खानपान, जीवनशैली र संस्कृतिको विविधता प्रस्तुत गरिएको थियो।

‘नेवा: पुच: यूएईबाट सम्मान तथा सांस्कृतिक सहभागिता’

कार्यक्रममा नेवा: पुच: यूएईका तर्फबाट संस्थालाई दिनु भएको योगदान को उच्च कदर गर्दै उत्कृष्ट योगदान दिनु भएकोमा पुरुषतर्फ सल्लाहकार भीम नारायण श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य योगिता हाडालाई सम्मान गरिएको थियो। सम्मानित दुवैजनालाई उपस्थित महानुभावहरूले बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रमको मिडिया पार्टनरका रूपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएई रहेको थियो। नेवा: पुच: युएईको तर्फबाट पत्रकार सचिन्द्र श्रेष्ठ फोनिज युएईको उपाध्यक्ष पदमा सर्वसम्मत निर्विरोध रुपमा चयन हुनुभई उक्त कार्यक्रममा सहभागी भएका थियो।

नेवा: पुच: यूएईको स्टलमा राखिएका विभिन्न मौलिक परिकार तथा सामग्रीहरू संस्थासँग आबद्ध महानुभावहरूले स्वेच्छाले तयार गरी प्रायोजन गरेका थिए। संस्थागत स्वयमसेवकको लागि पुच: बाट रिता शाही र जय प्रकाश कपालीले सहभागिता जनाउनु भएको थियो।

सांस्कृतिक झाँकी प्रदर्शनी तर्फ पुच: का प्रमुख सल्लाहकार , साँस्कृतिक बिभाग प्रमुख एवं निवर्तमान अध्यक्ष लक्ष्मण श्रेष्ठले धिमे, महासचिब कुमार बलामीले भुस्या , किरण बज्राचार्यले खिं, समिक श्रेष्ठले लाखे नाच,प्रतिमा बज्राचार्यले नेवारि नृत्य प्रस्तुत गरेका थिए। अन्य झाँकीमा नेपालको राष्ट्रिय झण्डा सहित पुच: का अध्यक्ष बिरेन्द्र कुमार नकर्मी, उपाध्यक्ष एवं नेफिन सदस्य सुनिलमान श्रेष्ठ,उपाध्यक्ष एवं नेफिन सदश्य दिपेश श्रेष्ठ,सदस्य एवं नेफिन युएई कोषाधझ ईश्वर श्रेष्ठ, सदस्य एवं वाईफिन युएई अध्यक्ष गोपाल श्रेष्ठ,सदस्यहरु नवराज श्रेष्ठ, योगिता हाडा, प्रतिमा बज्राचार्य ,एलिना श्रेष्ठ, सल्लाहकार भुवन नकर्मी, बिष्णुलाल श्रेष्ठ,तथा संरक्षक भिम नारायण श्रेष्ठ तथा झाँकीक‍ो प्रमुख महत्वपुर्ण आकर्षण , नेवारि परम्परागत सामग्रीहरु सुकुन्दा, कल: पानस, जल न्हायकँ सिनामु , कोटा,कल:, शंख, घण्टी , अन्टी, सहित दिप प्रज्वलन गरि नेवारि भेषभुषामा सजिएर कार्यक्रमको शोभा बढाई दिनुहुने निरु श्रेष्ठ, अमिता बज्राचार्य , योगिता हाडा,दुर्गा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रिता शाही, दिपा श्रेष्ठ, मिना महर्जन,सबिना लामा एस बी, रिता श्रेष्ठ, गिता प्रधान, सुरेष प्रजापति , जय प्रकाश कपाली , अशोक श्रेष्ठ,साजन श्रेष्ठ, सुर्य बिक्रम श्रेष्ठ र सचिन्द्र श्रेष्ठ लगायत अन्य धेरै महानुभावहरूको समेत सहभागितामा नेवा: पुच: यूएईले मौलिक नेवारी संस्कृति र कला प्रस्तुत गरेको थियो।

‘फोनिज यूएईको तेस्रो अधिवेशन सम्पन्न’

यसै अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईको तेस्रो अधिवेशनसमेत सम्पन्न भएको छ।

अधिवेशनले यूएईमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूबीच एकता, सहकार्य, व्यावसायिकता र समावेशी पत्रकारिताको अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्य सहित सूर्यबहादुर खवासको अध्यक्षतामा २१ सदस्यीय २०२६–२०२८ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सुर्य बहादुर खवास, उपाध्यक्षमा सचिन्द्र श्रेष्ठ, कबिराज राजवंशी, सन्देश तमु र श्यामबहादुर चौधरी रहेका छन्। सचिवमा किशोरी लामा र कोषाध्यक्षमा राम छिलिङ राई, सह कोषाध्यक्ष आनन्द कुमार भुजेल निर्वाचित भएका छन्। त्यस्तै, अन्य सदस्यहरूमा जीबन तामाङ, रेमिका सुनुवार श्रेष्ठ,बिन्दु सुनुवार,अमृता बान्तवा, सञ्जय भुजेल,दिना कुमाल, स्नेहा तमु,प्रसाद तमु,रोशन महतो,दिलीप हाँङ्ग,टिका फियाक र देवी माया सुनुवार अधिवेशनबाट निर्वाचित भएका छन्। नेफिन युएई का प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष बिक्रम पङ्धाक संयोजक , प्रमुख सल्लाहकार बुद्धि मेवाहाङ राई उपसंयोजक , सल्लाहकार एवम् नेवा: पुच: युएईका महासचिव कुमार बलामी निर्बाचन समिति सदस्य रहनुभएको थियो। निर्वाचन समितिका संयोजक, उपसंयोजक र सदस्यले नव निर्वाचित सम्पुर्ण पदाधिकारी ज्युहरुलाई मन्चमा सपथ ग्रहण गराई प्रमुख अतिथि , मुल समारोहका अध्यक्ष, संयोजक, नेफिन युएईका महासचिव तथा संरक्षक सनिल घिसिङ ज्युको रोहबरमा प्रमाणपत्र तथा खादा ओढाएर सम्मानका आधिकारिक रुपमा घोषणा गरेका थिए।

३२ओैं विश्व आदिवासी जनजाति दिवसको अवसरमा आयोजित यस कार्यक्रमले यूएईमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य, सांस्कृतिक संरक्षण तथा मौलिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्। हामी जो जहाँ जुनसुकै देश, जुनसुकै ओहोदामा रहे पनि नेपाली हुनुमा गर्व गर्नु पर्छ। राष्ट्रियताको सवालमा र विश्व सामु नेपाल राष्ट्रको पहिचानलाई उजागरण गर्न नेवार ,मगर ,गुरुङ्ग लगायत सम्पुर्ण जातिय समुदायहरु आफ्नो मौलिकता लाई अगाडि बढाउन एकजुट भएर लाग्नु पर्छ । नेफिन युएईका पुर्व महासचिब, बर्तमान सल्लाहकार तथा नेवा: पुच: युएईका महासचिव कुमार बलामीले जानकारि गराउनु भएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।