मुस्ताङमा शंकास्पद ८ कन्टेनर सहित चालक नियन्त्रणमा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट प्रहरीले शंकास्पद अवस्थामा रहेका आठ वटा कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएको छ।

अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले साउन ३० गते दिउँसो करिब १२ बजे जोमसोम पर्यटक चेकपोष्टमा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकसँग सोधपुछ गरेको थियो।

जाँचका क्रममा ती कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि कन्टेनर र चालकलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका कन्टेनरका चालकमा धादिङको धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, दोलखाको शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ, दोलखाको भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्दव बस्नेत, पाल्पाको तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली रहेका छन्।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिएका आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ।

कन्टेनरभित्र के–कस्ता वस्तु रहेको छ भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयबाट थप जाँच तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖