आज देखि भाटभटेनी २४ सैं घन्टा खुल्ने, पहिलो परिक्षणमा भक्तपुर स्टोर
काठमाडौं, १ भदौं । भाटभटेनी सुपरस्टोर्स आजवाट चौबिसौं घन्टा सञ्चालनमा आउने भएको छ ।र
जसअनुसार नमुना परिक्षणका लागि राधेराधे, भक्तपुर शाखा आजवाट चौबिसैं घन्टा सञ्चालनमा आउन लागेको हो ।
भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालन गर्ने प्रचलन अनुसार पहिलो पटक नेपालमा सुपरस्टोर्स खुल्न लागेको हो ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार गत बुधबारदेखि परीक्षणको काम गरिएको र आजवाट चौबीसै घण्टा खोलिन लागेको जानकारी दिए । ‘बुधबार रातिदेखि हामीले परीक्षण गर्यौं,’ उनले सञ्चारकर्मीसँग भने, ‘सोमवार देखि हामीले चौबीसै घण्टा खोल्ने योजना बनाएका हौं, अब क्रमशः अन्य शाखा पनि चौबिसैं घन्टा खुल्ने गरी सञ्चालनमा ल्याउने छौं।’

