युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथि छानबिन सुरू

काभ्रे, १ भदौं । म्यादी प्रहरी युवतीसँग होटेलमा भेटिएका भकुण्डेबेसी प्रहरीका सई श्रेष्ठ माथि छानबिन सुरु भएको छ।

प्रहरी कार्यालय भकुण्डेबेसीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग होटलको कोठामा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका थिए ।

 

आइतबार राति काभ्रेकै पाँचखाल घर भएकी एक युवतीसहित नमोबुद्ध बजारस्थित ‘होटल नमोबुद्ध’ मा बसेका सई श्रेष्ठलाई स्थानीय युवाहरूले मध्यरातमा ढोका खोल्न लगाई नियन्त्रणमा लिएका हुन्। स्थानीयले उनीहरू होटलमा बसिरहेको अवस्थामा फेला पारी भिडियो खिच्दै सोधपुछसमेत गरेका थिए। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

 

प्रहरी स्रोतका अनुसार सई श्रेष्ठसँग भेटिएकी युवती गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना भएकी तत्कालीन अस्थायी निर्वाचन प्रहरी (म्यादी) हुन्। सो निर्वाचन प्रहरी भर्ना छनौट प्रक्रियामा सई श्रेष्ठ आफैँ खटिएका थिए। सोही क्रममा उनीहरूबीच चिनजान भई प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ।

 

घटना सार्वजनिक भएलगत्तै आवश्यक छानबिनका लागि सई श्रेष्ठ र ती युवती दुवैलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल झिकाइएको छ।  अहिलेको घटनापछि उनीमाथि थप प्रशासनिक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖