जीप सडकबाट दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु, चार घाइते

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा बा १८ च २४२ नम्बरको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनाका बेला जीपमा चालकसहित ११ जना सवार रहेको बताइएको छ।

दुर्घटनामा खानीखोला गाउँपालिका–२ की अन्दाजी २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का अन्दाजी ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये सूर्यविनायक नगरपालिका–८, भक्तपुरका अन्दाजी २५ वर्षीय राहुल र चौतारा साँगाचोकगढी नगरपालिका–९, सिन्धुपाल्चोकका अन्दाजी ५७ वर्षीय भलपति ढकालको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, खानीखोला गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय प्रदीप जर्घामगर र खानीखोला गाउँपालिका–५ का अन्दाजी ४८ वर्षीय बहुतमान रुम्बाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी २८ वर्षीय यसबहादुर तामाङ सम्पर्कविहीन छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।