एसपी जोशीले सम्हाले सशस्त्र प्रहरी रौतहटको कमाण्ड, सीडीओ भुसालद्वारा स्वागत

सञ्जय मिश्रा,
रौतहट, २ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा एसपी चेतराज जोशीले कमाण्ड सम्हालेका छन्।

एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारी सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।

जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमवार आयोजित कार्यक्रममा सीडीओ  दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई धन्यवादसहित बिदाइ तथा नयाँ जिम्मेवारीमा आएका एसपी जोशीलाई स्वागत गरेका छन्।

कार्यक्रममा सीडीओ भुसालले एसपी अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा सीमा सुरक्षा, अपराध नियन्त्रण, द्वन्द्व व्यवस्थापन, शान्तिसुरक्षा कायम गर्न तथा विपद्का समयमा उद्धार र व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी, नयाँ गण प्रमुख एसपी जोशीलाई स्वागत गर्दै सिडियो भुसालले रौतहटको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको समन्वय र सहकार्य अझ बलियो हुनुपर्नेमा जोड दिएका थिए।

रौतहट भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले यहाँ सशस्त्र प्रहरीको जिम्मेवारी केवल सीमा सुरक्षामा सीमित छैन। सीमा अपराध नियन्त्रण, अवैध चोरी–पैठारी नियन्त्रण, विपद् व्यवस्थापन तथा जिल्लाको समग्र सुरक्षा संयन्त्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहँदै आएको छ। त्यसैले नयाँ नेतृत्वका रूपमा आएका एसपी जोशीका लागि सीमा सुरक्षा र अपराध नियन्त्रणसँगै स्थानीय सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नु प्रमुख चुनौतीका रूपमा देखिन्छ।

एक वर्षे कार्यकाल पूरा गरेका एसपी अधिकारीको सरुवा सोमबारदेखि लागू भएको हो। अधिकारीको बिदाइसँगै रौतहटमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका एसपी जोशीले आगामी दिनमा जिल्लाको सुरक्षा चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।