सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद
कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका–९, जिनुवास्थित कालिका सामुदायिक वनबाट बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक बरामद गरिएको छ।
वन क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका बन्दुकमध्ये ३ नाल साबुत र २ नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

