७ थान भरुवा बन्दुक सहित बन्दुक बनाउने सामग्री बरामद
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ कोखेबाट प्रहरीले ७ थान भरुवा बन्दुकसहित बन्दुक बनाउने सामग्री बरामद गरेको छ।
वालिङ नगरपालिका–१२ कोखे बस्ने अन्दाजी १८ वर्षीय विराज वि.क.को घरमा बिना अनुमति अवैध रूपमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा ७ थान बेसाबुत भरुवा बन्दुक, ३ थान भरुवा बन्दुकका नाल र १ थान भरुवा बन्दुकको फ्रेम बनाउने डाई बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

