जंगलबाट ३७ नाल भरुवा बन्दुक बरामद

दाङ । प्रहरीले दाङ जिल्लाका विभिन्न जंगल तथा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरिएको हो।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीबाट खटिएका टोलीले विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा खोजी गर्ने क्रममा बन्दुक फेला पारेका हुन्।

बरामद गरिएका बन्दुकमध्ये शान्तिनगर गाउँपालिका–३ स्थित भित्री खोला सामुदायिक वनबाट २ नाल, बंगलाचुली गाउँपालिका–४ का विभिन्न वन क्षेत्रबाट ७ नाल, लमही नगरपालिका–७ बन्गैस्थित स्वर्गद्वारी सामुदायिक वनबाट ९ नाल र तुलसीपुर उपमहानगरपालिका–१४ स्थित दिव्य ज्योति सामुदायिक वनबाट १ नाल रहेका छन्।

त्यस्तै बबई गाउँपालिका–५ चक्ला राष्ट्रिय वनबाट १ नाल, लमही–१ सुन्डबरी सामुदायिक वनबाट ४ नाल, बबई–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल तथा बंगलाचुली गाउँपालिका–८ र वडा नम्बर ३ का विभिन्न वन क्षेत्रबाट ७ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका–१९ बाम्लास्थित पालुङ सामुदायिक वन, तुलसीपुर–१ छोटेस्थित नवदुर्गा सामुदायिक वन, तुलसीपुर–३ कालामारी जंगल तथा तुलसीपुर–१९ सुङ्गुर खोला क्षेत्रमा समेत बन्दुक फेला परेका छन्।

बरामद सबै बन्दुक प्रहरी नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।