चोरीका गरगहना सहित ६ जना पक्राउ

काठमाडौ । काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित डेराकोठाबाट सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले चोरीमा संलग्न, गरगहना बेचबिखन गर्ने तथा खरिद गर्ने गरी ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ साउन १४ गते बिहान करिब ७ः३० बजे वनस्थलीमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट सुनका गरगहना तथा नगद चोरी गरी फरार भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न सुविन घिमिरे, सुरज विक, संजय तामाङ र रविन महर्जन तथा चोरीका गरगहना बेचबिखनमा संलग्न रवि महर्जन र खरिद गर्ने सुनचाँदी पसल सञ्चालक विनोद शाक्यलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ का ५४ वर्षीय विनोद शाक्य, सुनसरी वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौं–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुर बागमती गाउँपालिका–८ घर भई काठमाडौं बागबजार बस्ने २६ वर्षीय सुरज विक, काभ्रेपलाञ्चोक बल्देखेदिन्चे घर भई काठमाडौं चमती बस्ने २६ वर्षीय संजय तामाङ, काठमाडौं–१५ का ३५ वर्षीय रवि महर्जन र सोही स्थानका ३६ वर्षीय रविन महर्जन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट मोती हार, हसुली माला, मोतीको माला जडित लकेट, सुनको खुकुरी कोटपिन, हरियो माला, मंगलसूत्र, तीन लियर माला, सोले गेडी माला, लक्ष्मी माला, सोली माला, सि माला, नेक्लेस, नवरत्न माला, रातो मंगलसूत्र, गोलो औँठी, चन्द्रमा र बक्स औँठीलगायतका गरगहना बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार रविन महर्जन र संजय तामाङ यसअघि नै लागूऔषध तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका थिए। त्यस्तै, सुविन घिमिरे र सुरज विक अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेका थिए।

पक्राउ परेका सबैविरुद्ध चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।