फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने र लाइसेन्सबिनाको बन्दुक राख्ने दुई जना पक्राउ

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रहरीले फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।

प्रेम सुनारले आफ्नो ‘Prem Sunar’ नामक फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले अनुसन्धान गर्ने क्रममा बरामद भएको भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने विष्णु सुनारको रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।