झापामा १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
झापा । मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्।
राईलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

