जनकपुरमा अतिक्रमित जग्गा खाली गराईदै

एसके कर्ण/ जनकपुरधाम, ६ भदौं । गुठी संस्थानकाे निर्णय अनुसार जनकपुरधामस्थित अतिक्रमित जग्गा खाली गराउने कार्य आजदेखि शुरू भएकाे छ ।

 

पहिलाे चरणमा साातवटा पाेखरीकाे डिल खाली गराइने छ । पेठिया बजार नजिक गिरनारी कुट्टीस्थित गाेरधाई पाेखरीकाे डिलबाट अतिक्रमित जग्गा अभियान शुरू गरिएकाे छ ।

 

निकै कडा सुरक्षाका बीच डाेजरले घरहरू भत्काएर अतिक्रमित जग्गा खाली गराइदैछ ।

 

केही व्यक्तिले अवराेध श्रृजना गर्न खाेजेपनि प्रहरीले तिनीहरूलाई नियन्त्रणमा लिई हटाएकाे थियाे ।

 

घटनास्थलमा अत्यधिक संख्यामा संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएकाे छ । साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी भएको थियो ।

 

भदौ ५ जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर जग्गा खाली गर्न सूचना दिइएको थियो ।

 

गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ का सदस्य सचिव जनक पाेखरेलका अनुसार पहिलाे चरणमा अतिक्रमित ७ वटा पाेखरीकाे अतिक्रमित डिल खाली गराइने छ । पहिलाे चरणमा गाेरधाेई पाेखरी, मुरली सर, रत्नसागर पाेखरी, विषहारा पाेखरी, दिर्घिका सर, अरगजा पाेखरीकाे अतिक्रमित डिल खाली गराइने उनले बताए ।

 

समितिले छनाैट गरेका ४९ वटा अतिक्रमित पाेखरी मध्ये ३० वटाकाे नाप जाँच भइसकेकाे छ । बिस्तारै क्रमागत रूपमा सबै पाेखरीकाे डिल खाली गराइने छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।