कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको भदौ ३ गते बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेससँगको सहकार्य टुटेपछि अहिले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सरकार रहेको छ। नेकपासँग नयाँ सहमति भएपछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गर्दै नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार मन्त्री पदको शपथ गराइसकेका छन्।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत पाएमा नयाँ सत्ता समीकरणअनुसार सरकार सञ्चालनको बाटो थप स्पष्ट हुनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।