धनकुटामा निर्धन उत्थान लघुवित्तद्वारा ४ लाख ५ हजार बीमा क्षतिपूर्ति वितरण

धनकुटा । धनकुटाको हिलेमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ।

संस्थाको हिले शाखाले धनकुटा नगरपालिका–१, सिजालीटाेल स्थित केन्द्र नं. ३५ तिनतले सिजाली गाउँका सदस्य कौशिमाया ठाडा मगर र उहाँका छोरा घनन्द्रबहादुर सिजाली मगरलाई परिवारका सदस्यको निधन भएपछि बीमा बापतको रकम प्रदान गरेको हो।

संस्थाका अनुसार मृतकको गत २०८३ साल वैशाख १३ गते निधन भएको थियो। सोहीबापत संस्थाले प्रदान गर्ने ४ लाख ५ हजार रुपैयाँ बीमा क्षतिपूर्ति रकम धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङ्द तामाङको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको हो।

हिले शाखा कार्यालयका शाखा प्रमुख खगेन्द्र फुयालले कार्यक्रममा संस्थाको सेवा, सामाजिक उत्तरदायित्व तथा सदस्यलाई प्रदान गर्दै आएको विभिन्न सुविधाका बारेमा जानकारी दिनुभयो। उहाँले संस्थाले प्रदान गर्ने बीमा लगायतका सेवाले सदस्यलाई आर्थिक तथा सामाजिक रूपमा सहयोग पुगेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष ओङ्द तामाङले निर्धन उत्थान लघुवित्तले प्रदान गर्दै आएको वित्तीय सेवा, व्यावसायिक तथा वित्तीय साक्षरता तालिम र बीमा सुविधाले सदस्यलाई लघु व्यवसायमा लाग्न सहयोग पुगेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख हर्कमाया सिजालीले गर्नुभएको थियो। उहाँले निर्धन उत्थान लघुवित्तले प्रदान गर्दै आएको सेवा अन्य लघुवित्तको तुलनामा उत्कृष्ट रहेको उल्लेख गर्दै बैंकिङ सेवा नपुगेका तथा व्यवसाय गर्न इच्छुक दिदीबहिनीलाई समेत संस्थासँग आबद्ध भएर उद्यमशील बन्न आग्रह गर्नुभयो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।