श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ दिने हर्क साम्पाङको घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
उनले फेसबुकबाट आज सो घोषणा गरेका हुन् ।
साम्पाङले लेखेका छन्, ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पिडितकोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ !’
यो अहिलेलाई पार्टीको तर्फबाट भएको र पछि राहत तथा साथ अभियानबाट अरु धेरै थप्ने साम्पाङले बताएका छन् ।


