बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग

विराटनगर । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । काेशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिककाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएकाे जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २५ लाख ५ हजार रुपैयाँ काेषमा जम्मा गरिएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व अन्तरगत हामीले सहयोग गरेका हौं,’ सिइओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’

संस्थाले गत भदौ १० गते आएको भीषण बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना समेत प्रकट गरेको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले हाल कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।