भोटेकोशी बाढीपीडितको राहतका लागि पर्वत समाज यूएईद्वारा १ लाख ५५ हजार सहयोग

सचिन्द्र श्रेष्ठ,युएई । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पर्वत समाज यूएईले १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले गत ३० अगस्ट २०२६ मा यूएईमा आयोजना गरेको ‘भोटेकोशी बाढीपीडित सहयोगार्थ तीज विशेष कार्यक्रम–२०२६’ बाट संकलित रकममध्ये १ लाख ५५ हजार रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

भोटेकोशी तथा रसुवा क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको खबरपछि यूएईमा रहेका पर्वतवासी तथा नेपाली समुदायले मनोरञ्जनसँगै मानवीय सेवाको भावनालाई जोड्दै उक्त कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रमबाट संकलित रकम विपद्मा परेका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा हस्तान्तरण गरिएको समाजले जनाएको छ।

नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालका लोकप्रिय कलाकार तथा यूएईमा रहेका कलाकार श्याम राना, सुस्मिता क्षत्री र युवराज भुसाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाली मौलिक परम्पराअनुसार दर खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा यूएईमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सांगीतिक मनोरञ्जनसँगै विपद्मा परेका नेपालीको राहतका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पर्वत समाज यूएईले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

समाजका अध्यक्ष पूर्ण भुसालले विपद्को घडीमा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै विदेशमा रहे पनि मातृभूमिको दुःख र पीडा नेपालीको मनबाट टाढा हुन नसक्ने बताए।

“हामी विदेशमा भए पनि हाम्रो मन र भावना मातृभूमिसँगै छ। विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउने उद्देश्यले यो सानो प्रयास गरेका हौं। सहयोग रकमभन्दा पनि यो पीडितप्रतिको हाम्रो माया, सद्भाव र मानवीय भावनाको प्रतीक हो,” भुसालले भने।

उनले सहयोग अभियान तथा तीज विशेष कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने कलाकार, प्रायोजक, समाजसेवी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी, सहयोगी, शुभेच्छुक र कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरे।

पर्वत समाज यूएईले विपद्को यस कठिन घडीमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नसमेत आग्रह गरेको छ।

समाजले ‘विपद्मा परेका नागरिकको पीडामा साथ दिनु नै मानवताको सच्चा परिचय हो’ भन्ने भावनासहित गरिएको सहयोगले विदेशमा रहेका नेपालीहरू पनि मातृभूमिमा आइपरेको विपद्मा एकजुट भएर मानवीय सहयोगमा जुट्न सक्छन् भन्ने सकारात्मक सन्देश दिएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।