बाढी पीडितका लागि नेवा: पुच: यूएईद्वारा पहिलो चरणमा ५० हजार सहयोग

सचिन्द्र श्रेष्ठ,युएई । भोटेकोसी, त्रिशूली लगायतका नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेवा: पुच: यूएईले राहत सहयोग संकलन अभियान सञ्चालन गरेको छ।

अभियान अन्तर्गत पहिलो चरणमा संकलित १,२२५ दिर्हाम (करिब ५० हजार रुपैयाँ) नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएई मार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले हस्तान्तरण गरिएको हो।

बरदुबईस्थित ग्राण्ड एम्बेसडर होटलमा आयोजित कार्यक्रममा नेवा: पुच: यूएईका अध्यक्ष वीरेन्द्र कुमार नकर्मी, महासचिव कुमार बलामी तथा वरिष्ठ इन्जिनियर किरण बज्राचार्यले उक्त रकम नेफिन यूएईका अध्यक्ष भागरथी कुमार भगत, वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष ईश्वर श्रेष्ठ र सदस्य दीपेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा वाईफिन यूएईका अध्यक्ष गोपाल श्रेष्ठको समेत रोहबर रहेको थियो। नेवा: पुच: यूएईले दोस्रो चरणको सहयोग नेवा: देय् दबु केन्द्रीय समितिमार्फत तथा तेस्रो चरणमा अन्य संघसंस्थासँग समन्वय गरी थप राहत संकलन गर्ने जनाएको छ।

विपद्को पीडामा परेका नेपालीलाई साथ दिने उद्देश्यले सञ्चालन गरिएको यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तिहरूप्रति नेवा: पुच: यूएईले हार्दिक आभार व्यक्त गरेको पुच:का महासचिब कुमार बलामीले बताए

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।