“बक्स क्रिकेट प्रतियोगिताबाट प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार २५१ रुपैयाँ सहयोग”

सचिन्द्र श्रेष्ठ,यूएई।युनाइटेड अरब इमिरेट्स नेपाली क्रिकेट एसोसिएसन (UNCA) द्वारा आयोजित बक्स क्रिकेट प्रतियोगिताबाट संकलित रु. २ लाख ५१ हजार २५१ प्रधानमन्त्री राहत कोष (PMO Relief Fund) मा सहयोग गरिएको छ।

प्रतियोगिताका प्रायोजक, दाता, टिम मालिक, खेलाडी तथा आयोजक समिति सदस्यहरूको सहयोग र योगदानबाट संकलित उक्त रकम राहत कोषमा प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना सहित आयोजित यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रायोजक, दाता, टिम मालिक, खेलाडी तथा समिति सदस्यहरूप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

आयोजक समिति संयोजक सूर्यविक्रम श्रेष्ठले आगामी दिनमा पनि समाजप्रतिको योगदान र सहकार्यलाई निरन्तरता दिँदै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहयोग अभियानले विदेशमा रहेर पनि नेपाली समुदायले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति देखाएको प्रतिबद्धतालाई थप उजागर गरेको आयोजक समितिको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।