आजको मौसम: देशैभरी मध्यम तथा भारी बर्षा हुने
काठमाडौं, २६ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली तथा कोशी र मधेश प्रदेशमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा र कोशी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै मधेश प्रदेशका पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति भने देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।साथै, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भाग र मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न र दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहत कार्यमा पर्न सक्ने असरबाट जोगिन महाशाखाले जल तथा मौसम विज्ञान विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।

