सामुदायिक वनमा लुकाइ राखेको तीन नाल भरुवा बन्दुक बरामद
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानपती सामुदायिक वनबाट प्रहरीले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ।
शुक्रबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले गस्ती गर्ने क्रममा सामुदायिक वनको बाँसको झ्याङभित्र लुकाइछिपाई राखिएको अवस्थामा तीन थान एकनाले भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

