धनकुटामा सुमो दुर्घटना हुंदा एक महिलाको मृत्यु, १० जना घाइते

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–काजीमानेमा सुमो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

धनकुटातर्फ आउँदै गरेको सुमो सडकबाट तल खसेर दुर्घटना भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना भर्खरै भएकाले घटनाको थप विवरण खुल्न बाँकी रहेको डीएसपी क्षेत्रीले बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।